Final Term Exam Result & New Session 2082

आदरणीय अभिभावक ज्यू, 
नमस्कार ।

यस वर्षको वार्षिक परीक्षा (Final Term Exam) सँगै यो शैक्षिक सत्रको औपचारिक कक्षाहरु आजबाट समाप्त भएको व्यहोरा जानकारी गराउँदछौं । यो शैक्षिक सत्रमा आदरणीय अभिभावक वर्ग, विद्यायलका शुभचिन्तक तथा शुभेच्छुकहरुले पुयाउनु भएको सहयोग प्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं ।
 
विद्यालय, ज्ञानरुपी अमृत पान गराएर एउटा अबोध बच्चालाई यस देशको योग्य नागरिक बनाउने, गुणात्मक शिक्षा प्रदान गरी जीवनका उपलब्धि वृद्धि गरी समाज तथा राष्ट्रको योग्य जनशक्ति निर्माण गर्ने संस्था हो । यसै मर्मलाई आत्मसात गर्दै शिक्षक, शिक्षिका, विद्यालय प्रशासन तथा अभिभावकबिच सौहार्दपूर्ण सम्बन्धलाई प्रगाढ बनाउँदै नयाँ शैक्षिक सत्रमा नयाँ ढङ्ग र आयामका साथ विद्यालयका शैक्षिक साथै अन्य गतिविधिहरुलाई तदारुकताकासाथ अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं । यहाँहरुले विगतका वर्षहरुमा देखाउनु भएको सद्भाव र सहयोगको अपेक्षा यसपालि पनि गर्दछौं ।
 
विगतका वर्ष जस्तै शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिक सत्रको शुरुमा विद्यालयका बारेमा धेरै भ्रामक, मनगढन्ते र कपोलकल्पित प्रचारबाजी गर्ने र नियतवश विद्यालयका बारेमा नकरात्मक टिप्पणी गर्ने प्रवृति यसपालि पनि दोहोरिन नसक्ला भन्न सकिन्न तसर्थ यस्ता भ्रामक प्रचारवाजीका पछि नलाग्न र ढुक्क भई आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउन अनुरोध गर्दै केही जिज्ञासा भए विद्यालयमा सम्पर्क गरी सकारात्मक सुझाव दिनुहुन पनि अनुरोध गर्दछ । कतिपय अभिभावक वर्गलाई आफ्ना नानीबाबुहरुको कमजोरी विद्यालय परिवर्तनले समाधान गर्छ भन्ने भ्रम पनि रहने गर्दछ तर विद्यार्थीको पढाइको स्तरोन्नतिका लागि विद्यालय परिवर्तन साधक नभएर बाधक सावित हुन सक्छ तसर्थ आफ्ना छोराछोरीको पढाइ लेखाइप्रति गुनासो भए बसेर छलफल गरौं, हामी समाधान गर्नेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरुको साथ, सहयोगको अपेक्षा गर्दछौं । समय सापेक्षित शिक्षण सिकाइका योजना सहित २०८२ साल बैशाख ४ गते बिहीबार देखि नयाँ शैक्षिक सत्रको पठन पाठन साविकके समयमा सञ्चालन हुने व्यहोरा जानकारी गराउँदछौं ।
 
अन्तिम परीक्षाको परीक्षाफल यही चैत्र ३० गते शनिवार विहान ७ वजे देखि ९:३० बजेसम्म वितरण गरिने व्यहोरा जानकारी गराउंदछौं । शिक्षण सिकाइमा गुणस्तरियता कायम गर्नका लागि कक्षा नर्सरी देखि कक्षा २ सम्म (Stationery) स्टेशनरी विद्यालयले नै व्यवस्था गरेकाले सोहि अनुसार नै गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । विद्यार्थीहरुको पाठ्यपुस्तकका लागि विगतका वर्षहरुमा जस्तै सल्लाघारी बुक्स, माहाकाल चोक (मोबाइल नं. ९८४१५३४३९१) र दुवाकोट बुक्स एण्ड स्टेशनरी (स्कुल सँगै रहेको गणेश मन्दिर नजिके, मोबाइल नं. ९८४९६७५९९२) मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछ ।
 
नोट : नयाँ तथा पुरानो विद्यार्थी भर्ना चैत्र ३० गतेबाट नै सुरु गरिनेछ ।
 
नयाँ वर्ष २०८२ को पावन अवसरमा हाम्रा समस्त अभिभावक शुभचिन्तक, शुभेच्छुक तथा सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

Invitation ! Invitation !! Invitation !!!

आदरणीय अभिभावक ज्यू,
नमस्कार ।

सरस्वती पूजा तथा वसन्त पञ्चमीको पावन अवसरमा यस विद्यालयमा सु–सम्पन्न हुने सरस्वती पूजा तथा साना–साना नानीबाबुहरुको अक्षरारम्भको कार्यक्रमा उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन हाम्रा समस्त अभिभावक, शुभेच्छुक, शुभचिन्तकहरुमा सादर निमन्त्रणा गर्दछौँ ।
समय – बिहान ८ बजे
स्थान – विद्यालय प्राङ्गण
मिति – २०८१ साल माघ २१ गते सोमबार

(अक्षरारम्भ तथा विद्यार्थी भर्नाको कार्यक्रम बिहान ८ बजे देखि दिउँसो ३ः३० बजे सम्म खुल्ला रहने छ ।)

अनलाइनबाट पनि विद्यार्थी भर्नाको लागि विद्यालयको Website: www.goldensungavaschool.edu.np मा गई Get Admission सो मा क्लिक गरी वा दिएको QR Scan गरी आवश्यक विवरणहरु भरी Submit/Send गर्नुहुन निवेदन गर्दछौँ ।

सकारात्मक सहयोगको सदैव अपेक्षा गर्दछौँ ।

Pay fee from Online Platform (Khalti App)

Dear Parents,
We kindly request you to pay the fees either online or by visiting the school. The school administration is open from 10:00 am to 3:30 pm on weekdays. To pay the amount online, you can use either Khalti Web or App. The details are given below. Do not forget to mail your payment voucher or screenshot.

Through Khalti Web or App

  • Search Khalti on your mobile device or PC.
  • Select Services and then select School/College Fee on khalti.
  • Search Golden Sungava English Boarding School and select Golden Sungava English Boarding School.
  • Enter Students Name and Select Level and Fill Details.
Pay Get 10% Cashback upto Rs.100 (Use Promocode: SCHOOLFEE)

Once the payment is made, please email a copy of the payment receipt (pdf, scan or screenshot if made by phone) along with the name of the student at: pmina9561@gmail.com or sungava2053@gmail.com  (Mina Pradhan, Accountant 9849696597).

For more information, please call 01-6614896, 01-6615702, 9851160980, 9841472550 (General Information).

Pay fee from Online Platform

Dear Parents,
We kindly request you to pay the fees either online or by visiting the school. The school administration is open from 10:00 am to 3:30 pm on weekdays. To pay the amount online, you can use either e-Sewa or Scan QR. The details are given below. Do not forget to mail your payment voucher or screenshot.

Through e-Sewa

  • Search e-Sewa on your mobile device or PC.
  • Select School Fee Payment on e-Sewa.
  • Search Golden Sungava English Boarding School and select Golden Sungava English Boarding School.
  • Fill out all the details provided.
  • Student Name and Grade is compulsory.
  • Press Confirm for payment transfer.

Once the payment is made, please email a copy of the payment receipt (pdf, scan or screenshot if made by phone) along with the name of the student at: pmina9561@gmail.com or sungava2053@gmail.com  (Mina Pradhan, Accountant 9849696597).

For more information, please call 01-6614896, 01-6615702, 9851160980, 9841472550 (General Information).

Landing Page Image

Golden Sungava English Boarding School

Explore potentiality of the students

Landing Page Image

Golden Sungava English Boarding School

Explore potentiality of the students

Landing Page Image

Golden Sungava English Boarding School

Explore potentiality of the students

image

Facilities

  • Sports

  • Transportation Facility

  • Science Lab

  • Computer Lab

  • Activities

    See all

    Our Latest News

    See all

    Latest Blogs

    What Our Parent Say About Us