Back to All Blogs

Krishna

Krishna
जगत पिता श्रीकृष्ण

सुरक्षा पनि कडा थियो आदेशमा दुष्ट कंसको
नास गर्न तत्पर सधै, वसुदेव-देवकीको वंशको ।।

तिथि साईत जुर्‍यो , भगवान्‌ले धर्तीमा पाईला टेक्ने
पापी -दानवहरूको छैन, सामर्थ्य यसलाई छेक्ने ।।

भाद्र कृष्ण अष्टमीको, त्यो मध्य रातमा
बन्धन नेलका थिए, माता पिताका हातमा ||

उदय भयो भगवान‌को,ज्ञान दिन सत्य र सत्कर्मको
मानव जगत खुसी भयो, आशा राखी रक्षा हुन्छ धर्मको।।

ज्ञानयुक्त वचन तिम्रो, सारले नै बन्दछ ग्रन्थ गीता
सदैव नमन गर्दछौं हामी,धर्म रक्षक श्रीकृष्ण जगत पिता ।।

                                    श्रीकृष्ण जगतपिता ।।

Author: Ranjita Tripathi

Lower Secondary Nepali Teacher

Date: 2025-08-15