असार १५ र दहि चिउरा खाने दिनको हार्दिक शुभकामना

आदरणाीय अभिभावक ज्यूहरुलाई,

सम्पूर्ण शुभचिन्तक तथा शुभेक्छुकज्यूहरुलाई असार १५ र दहि चिउरा खाने दिनको
हार्दिक शुभकामना मानो रोपेर मुरी फलाउनु छ आफ्नै मिहिनेत ले कार्म गरि घरबार चलाउनु छ ।

कर्म गरे फल पाइन्छ त्यसैले सदा मेहनत गर्छु अल्छी गरि कसैको भर परिन्न आफ्नै कमाईको फल खान्छु ।
किसान हो मेरो नाम सधै अरुलाई खुशी राख्ने प्रयत्न गर्छु घाम पानी झरी वर्षा मेरै नातेदार हुन रोपाई गर्न त्यसैको भर पर्छु ।।

साथी सङगीनी सँग छुपुमाछुपु धान रोपी रम्छु रमाउँछु
ती हिलाका ठेली फ्याक्दै प्रफुल्लित भई आफ्नै राज्य जम्छु जमाउँछु ।।

यस्तो लाग्छ मलाई बाह्रै महिना रोपाई आईरहोस
सबै सबैले आफ्नो मनको ढुसी परेको पीडा भुलाउन पाईरहोस् ।।

रोपाईको दिन भेटेको उनीलाई फेरि भेट्टन पाईरहोस् ।
त्यही दिन रोजेको तिमीलाई सदा सदा मेरो मनले खोजीरहोस् ।

अरु दिन धुम्मिएर कालो बादल परेकी उनी आज दिल खोलेर हाँस्छिन हसाउँछिन
रोपाली अनि हलीका साथमा नाच्छिन नचाउँछिन ।।
साच्चै आज उनी फुर्सदमा फुलेकी फूल जस्तो देखिन्छिन् ।

रमाउन पनि मन छ उनलाई अनि आफ्नो जिम्मेवारीको पनि कर छ उनलाई ।
केही छिन रमाउँछिन अनि फेरि भोजनको इन्तिजाम गर्न पुग्छिन उनी ।
जस्तो रमाइलो खुशी अनि जस्तो परिस्थितिमा पनि आफ्नो जिम्मेवारी पूरा गरिरहने मेरी आमा ।।।

Author: अनुका पुलामी मगर

Lower Secondary Nepali Teacher

Date: 2022-06-29