अर्ध वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन र निःशुल्क आँखा शिविर सञ्चालन गरिने सम्बन्धमा

अर्ध वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन र निःशुल्क आँखा शिविर सञ्चालन गरिने सम्बन्धमा
आदरणीय अभिभावक ज्यू,
नमस्कार ।

उपरोक्त सम्बन्धमा यो शैक्षिक सत्रको अर्ध वार्षिक परीक्षा (Half Yearly Exam) को परीक्षाफल निम्न मिति, समय र स्थानमा प्रकाशित गरिने भएकोले अभिभावक स्वयं उपस्थित भई आफ्ना नानीबाबुहरुको परीक्षाफल (Result) लिइदिनुहुन सादर निवेदन गर्दछौँ ।

मिति : २०८१ साल कात्र्तिक १० गते शनिबार
समय : बिहान ७ः३० बजे देखि ९ः३० बजे सम्म
स्थान : विद्यालय प्राङ्गण

साथै माथि उल्लेखित समयमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण अभिभावक वर्गलाई उपस्थित भई मौकाको फाइदा उठाउनु हुन आफ्ना इष्टमित्र, छर–छिमेकलाई समेत निमन्त्रणा गरिदिनुहुन निवेदन गर्दछौँ ।

नोट : आफ्ना नानीबाबुहरुको असोज मसान्त सम्मको शुल्क भुक्तानी गरिदिनुहुन निवेदन गर्दछौँ । शुल्क भुक्तानी नभएका विद्यार्थीहरुको परीक्षाफल प्रकाशित गर्न विद्यालय बाध्य नहुने व्यहोरा समेत अनुरोध गर्दछौँ । शुल्क भुक्तानी गरी सक्नु भएका अभिभावकहरुप्रति कृतज्ञता व्यक्त गर्दछौँ ।
सकारात्मक सुझावको सदैव अपेक्षा गर्दछौँ । Date: 2024-10-26 7:30 AM