प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा रक्तदान सम्बन्धमा

प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा रक्तदान सम्बन्धमा
नमस्कार ।

उपरोक्त सम्बन्धमा यो शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल निम्न मिति, समय र स्थानमा प्रकाशित गरिने भएकोले अभिभावक स्वयं उपस्थित भई आफ्ना नानीबाबुहरुको परीक्षाफल (Result) लिइदिनुहुन सादर निवेदन गर्दछौँ ।

आफ्ना नानीबाबुहरुको असार मसान्त सम्मको शुल्क भुक्तानी गरिदिनुहुन निवेदन गर्दछौँ । शुल्क भुक्तानी नभएका विद्यार्थीहरुको परीक्षाफल प्रकाशित गर्न विद्यालय वाध्य नहुने व्यहोरा समेत अनुरोध गर्दछौँ । शुल्क भुक्तानी गरी सक्नु भएका अभिभावकहरुप्रति कृतज्ञता व्यक्त गर्दछौँ ।

नोट : “ रक्तदान गरौँ पुण्य कमाऔँ ” भन्ने उद्देश्यका साथ यसै विद्यालय तथा समता सचेतना समाजको संयुक्त आयोजनामा हुन गइरहेको बृहत रक्तदान कार्यक्रममा अभिभावकज्यहरुको सक्रिय सहभागिता लागि विनम्र अनुरोध गर्दछौँ ।

मिति : २०८२ साल साउन १० गते शनिबार
समय : बिहान ७ः०० बजे देखि ९ः३० बजे सम्म
स्थान : विद्यालय प्राङ्गण

सकारात्मक सुझावको सदैव अपेक्षा गर्दछौँ । Date: 2025-07-26 12:00 AM