About Holiday & Weekly Health Camp

आदरणीय अभिभावक ज्यू,
नमस्कार ।

उपरोक्त सम्बन्धमा मिति २०८१ साल फाल्गुन १६ गते शुक्रबार विद्यालयको क्यालेण्डरमा बिदा दिइएको भएता पनि विद्यालय साबिककै समयमा सञ्चालन हुने व्यहोरा अनुरोध गर्दछौं ।

साथै यस विद्यालयले शैक्षिक सत्र २०८१ सालको प्रारम्भ देखिनै विद्यालय स्वास्थ्य कार्यक्रम मासिक रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा यहाँहरूलाई अवगत नै छ । यस अन्तर्गत फाल्गुन महिनामा आँखा शिविर (Eye Camp), दिशा तथा पिसाब जाँच (Stool & Urine Test), मेन्टल चेकअप (Mental Assessment) र रगत जाँच (Blood Checkup ) कार्यक्रम निम्नानुसार कक्षागत रुपमा गराइने छ ।

२०८१/११/१८ गते देखि २०८१ / ११ / २२ गतेसम्म कक्षा नर्सरी देखि १० सम्म आँखा शिविर (Eye Camp)

Stool & Urine Collection Schedule निन्नानुसार रहेको छ :
२०८१/११/१९, सोमबार (कक्षा १ देखि ३ सम्म)
२०८१/११/२०, मंगलबार (कक्षा ४ र ५)
२०८१/११/२१, बुधबार (कक्षा ६ र ७ ) - (Blood Checkup) रगत जाँच पनि
२०८१/११/२२, बिहीबार (कक्षा ८ र ९)- (Blood Checkup) रगत जाँच पनि २०८१/११/२३, शुक्रबार (कक्षा १०) - (Blood Checkup) रगत जाँच पनि 

माथि उल्लेखित जाँचको लागि निम्नानुसारको शुल्क (Fee) विद्यार्थीको साथमा नै पठाइदिनुहुन अनुरोध गर्दछौं ।

कक्षा नर्सरी देखि एस. केजी सम्म रु.१५०
कक्षा १ देखि कक्षा ५ सम्म रु.२७५
कक्षा ६ देखि कक्षा १० सम्म रु.३०० स्थान : विद्यालय प्राङ्गण
समय : बिहान ठिक १०:०० बजेबाट

सकारात्मक सुझावको सदैव अपेक्षा गर्दछौं । Date: 2025-02-27