Back to All News
03 April 2025

Final Term Exam Result & New Session 2082

Final Term Exam Result & New Session 2082
आदरणीय अभिभावक ज्यू, 
नमस्कार ।

यस वर्षको वार्षिक परीक्षा (Final Term Exam) सँगै यो शैक्षिक सत्रको औपचारिक कक्षाहरु आजबाट समाप्त भएको व्यहोरा जानकारी गराउँदछौं । यो शैक्षिक सत्रमा आदरणीय अभिभावक वर्ग, विद्यायलका शुभचिन्तक तथा शुभेच्छुकहरुले पुयाउनु भएको सहयोग प्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं ।
 
विद्यालय, ज्ञानरुपी अमृत पान गराएर एउटा अबोध बच्चालाई यस देशको योग्य नागरिक बनाउने, गुणात्मक शिक्षा प्रदान गरी जीवनका उपलब्धि वृद्धि गरी समाज तथा राष्ट्रको योग्य जनशक्ति निर्माण गर्ने संस्था हो । यसै मर्मलाई आत्मसात गर्दै शिक्षक, शिक्षिका, विद्यालय प्रशासन तथा अभिभावकबिच सौहार्दपूर्ण सम्बन्धलाई प्रगाढ बनाउँदै नयाँ शैक्षिक सत्रमा नयाँ ढङ्ग र आयामका साथ विद्यालयका शैक्षिक साथै अन्य गतिविधिहरुलाई तदारुकताकासाथ अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं । यहाँहरुले विगतका वर्षहरुमा देखाउनु भएको सद्भाव र सहयोगको अपेक्षा यसपालि पनि गर्दछौं ।
 
विगतका वर्ष जस्तै शैक्षिक सत्रको अन्त्य र नयाँ शैक्षिक सत्रको शुरुमा विद्यालयका बारेमा धेरै भ्रामक, मनगढन्ते र कपोलकल्पित प्रचारबाजी गर्ने र नियतवश विद्यालयका बारेमा नकरात्मक टिप्पणी गर्ने प्रवृति यसपालि पनि दोहोरिन नसक्ला भन्न सकिन्न तसर्थ यस्ता भ्रामक प्रचारवाजीका पछि नलाग्न र ढुक्क भई आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउन अनुरोध गर्दै केही जिज्ञासा भए विद्यालयमा सम्पर्क गरी सकारात्मक सुझाव दिनुहुन पनि अनुरोध गर्दछ । कतिपय अभिभावक वर्गलाई आफ्ना नानीबाबुहरुको कमजोरी विद्यालय परिवर्तनले समाधान गर्छ भन्ने भ्रम पनि रहने गर्दछ तर विद्यार्थीको पढाइको स्तरोन्नतिका लागि विद्यालय परिवर्तन साधक नभएर बाधक सावित हुन सक्छ तसर्थ आफ्ना छोराछोरीको पढाइ लेखाइप्रति गुनासो भए बसेर छलफल गरौं, हामी समाधान गर्नेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरुको साथ, सहयोगको अपेक्षा गर्दछौं । समय सापेक्षित शिक्षण सिकाइका योजना सहित २०८२ साल बैशाख ४ गते बिहीबार देखि नयाँ शैक्षिक सत्रको पठन पाठन साविकके समयमा सञ्चालन हुने व्यहोरा जानकारी गराउँदछौं ।
 
अन्तिम परीक्षाको परीक्षाफल यही चैत्र ३० गते शनिवार विहान ७ वजे देखि ९:३० बजेसम्म वितरण गरिने व्यहोरा जानकारी गराउंदछौं । शिक्षण सिकाइमा गुणस्तरियता कायम गर्नका लागि कक्षा नर्सरी देखि कक्षा २ सम्म (Stationery) स्टेशनरी विद्यालयले नै व्यवस्था गरेकाले सोहि अनुसार नै गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । विद्यार्थीहरुको पाठ्यपुस्तकका लागि विगतका वर्षहरुमा जस्तै सल्लाघारी बुक्स, माहाकाल चोक (मोबाइल नं. ९८४१५३४३९१) र दुवाकोट बुक्स एण्ड स्टेशनरी (स्कुल सँगै रहेको गणेश मन्दिर नजिके, मोबाइल नं. ९८४९६७५९९२) मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछ ।
 
नोट : नयाँ तथा पुरानो विद्यार्थी भर्ना चैत्र ३० गतेबाट नै सुरु गरिनेछ ।
 
नयाँ वर्ष २०८२ को पावन अवसरमा हाम्रा समस्त अभिभावक शुभचिन्तक, शुभेच्छुक तथा सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

More News